Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

समाजवादी प्रेसको संयोजकको जिम्मेबारी बरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई

समाजवादी प्रेसको संयोजकको जिम्मेबारी बरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई

  • शुक्रवार, भाद्र ११ २०७८

  • 1.1K
    SHARES

  • समाजवादी प्रेसको संयोजकको जिम्मेबारी बरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध पत्रकार सङ्गठनको नाम समाजवादी प्रेस नेपाल राखिएको छ ।

    सङ्गठनका नेता विश्वमणि सुवेदीको अध्यक्षता सम्पन्न भेलाले सङ्गठनको तदर्थ समितिको संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई जिम्मेबारी दिएको छ ।

    दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठ प्रेस चौतारी नेपालको संस्थापक सदस्य तथा तीन कार्यकाल अध्यक्ष भइसक्नु भएको छ । समितिले दुई साताभित्र राष्ट्रिय भेलाको आयोजना गरी केन्द्रीय समितिलाई पूर्णता दिने भएको छ ।

    भेलामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेताहरु राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, डा विजय पौडेल, प्रेस चौतारीका पूर्वअध्यक्ष बालकृष्ण चापागाईँ, वरिष्ठ पत्रकार किशोर श्रेष्ठ लगायत सहभागी हुनुभएको थियो ।


    शुक्रवार, भाद्र ११ २०७८०९:४०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij