Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आजदेखि काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा लगाइँदै

आजदेखि काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा लगाइँदै

  • शुक्रवार, भाद्र ११ २०७८

  • 865
    SHARES

  • आजदेखि काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा लगाइँदै

    काठमाडौं । काठमाडौंमा आज (शुक्रबार)देखि ३ दिन भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ।

    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भेरोसेलको पहिलो मात्रा लगाएका ५० वर्षभन्दा माथि उमेर समूहका नागरिक, विश्व विद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्क सेवामा कार्यरत व्यक्ति, खोप अनिवार्य गरिएका देशका देशमा जाने नेपाली नागरिक र यस अघि भेरोसेलको दोस्रो मात्रा लगाउन छुटेका नागरिकलाई दोस्रो मात्रा खोप दिन लागिएको हो।

    दोस्रो मात्रा खोप लगाउने जाने नागरिकले पहिलो मात्रा खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहितको नम्बर ल्याएको आधारमा खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जनाएका छन्।

    यो अवधिमा भेरोसेलको पहिलो मात्रा खोप कसैलाई पनि नदिन, केन्द्र तोक्दा सम्भव भएसम्म स्वास्थ्य संस्थामा नै तोक्न पनि कार्यालयले पालिकाहरुको ध्यानाकर्षण गराएको छ।


    शुक्रवार, भाद्र ११ २०७८०७:५९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij