Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आजको मौसमः देशभर बदली‚ अधिकांश स्थानमा वर्षा

आजको मौसमः देशभर बदली‚ अधिकांश स्थानमा वर्षा

  • शुक्रवार, भाद्र ११ २०७८

  • 796
    SHARES

  • आजको मौसमः देशभर बदली‚ अधिकांश स्थानमा वर्षा

    काठमाडौं । गएरातीदेखि देशका अधिकांश स्थानमा लगातार वर्षा भइरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभर पानी पर्ने सम्भावना रहेके छ। मनसुनी वायुको प्रभावले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

    महाशाखाका अनुसार शुक्रबार बिहान गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ।

    दिउँसो देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

    राति पनि देशैभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानमा स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


    शुक्रवार, भाद्र ११ २०७८०६:४१:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij