Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रहरीमाथि दुर्व्यवहार गर्ने ९ चालक पक्राउ

प्रहरीमाथि दुर्व्यवहार गर्ने ९ चालक पक्राउ

  • बुधवार, श्रावण १४ २०७७

  • 586
    SHARES

  • प्रहरीमाथि दुर्व्यवहार गर्ने ९ चालक पक्राउ

    मकवानपुर । हेटौंडा उपमहानगरपालिका १५ मा रहेको रातोमाटे चेकपोस्टमा प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गर्ने नौजना चालक तथा सह–चालकलाई पक्राउ गरिएको छ ।

    पक्राउ पर्नेमा बा.१५च ६२३ नम्बरको पिकअप गाडीका चालक ४२ वर्षीय कर्म थापा, बा.८च ४३४ नम्बरको पिकअप गाडीका चालक ३० वर्षीय उमाशंकर साह, सह–चालक १८ वर्षीय किशोर साह, ना.१ज ८६२३ नम्बरको सुमो चालक २३ वर्षीय महमद सदरे आलम, ना.४च ५९४१ नम्बरको पिकअप गाडीका चालक २१ वर्षीय नीतेशकुमार झा, प्रदेश ३–०१–००५ ख ९२४५ नम्बर बसका ३५ वर्षीय उमेश कुश्वार छन् ।

    यस्तै ना.५ख ३५१५ नम्बरको ट्रकका चालक ४० वर्षीय बिर्खबहादुर यसमाली, ना.४च २३४० नम्बरको पिकअप गाडीका चालक २७ वर्षीय प्रमोद मुखिया र ग.१ख ९७१७ नम्बरको बसका चालक ३९ वर्षीय विनोद नेपाली छन् ।

    उनीहरुले अत्यावश्यक सामग्री तथा पाठयपुस्तक ढुवानी लेखिएको टाटा पिक अप गाडीमा त्रिपालले छोपेर गाडीभित्र पास नभएका मानिस राखी ल्याउँदै गरेको चेकिङ टोलीले देखेपछि गाडी छाड्न भन्दै आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

    उनीहरुमध्ये थापाले पाँच सय, साहले तीन सय, सह–चालक किशोरले दुई सय, आलमले पाँच सय, झाले ५०, कुश्वारले ३ सय, यसमालीले एक सय रुपैयाँ दिन खोजेका र नेपालीले एक हजार रुपैयाँ दिन खोजेको प्रहरी दाबी छ ।

    उनीहरुमाथि सार्वजनिक हित र नैतिकताविरूद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


    बुधवार, श्रावण १४ २०७७०३:५२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij