Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सेनाले सशस्त्र प्रहरीलाई दियो ६ सय वटा राइफल, मर्मतबारे १५ दिने तालिम पनि दिने

सेनाले सशस्त्र प्रहरीलाई दियो ६ सय वटा राइफल, मर्मतबारे १५ दिने तालिम पनि दिने

  • बुधवार, श्रावण १४ २०७७

  • 585
    SHARES

  • सेनाले सशस्त्र प्रहरीलाई दियो ६ सय वटा राइफल, मर्मतबारे १५ दिने तालिम पनि दिने

    काठमाडौं । नेपाली सेनाले ६ सय वटा इन्सास राइफल सशस्त्र प्रहरी बललाई दिएको छ । माओवादी सशस्त्र द्वन्द्वका वेला भारतबाट ल्याइएका हतियार सेनाले सशस्त्र प्रहरीलाई दिएको हो ।

    नेपाली सेनाका तर्फबाट युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र कार्कीले सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेललाई ती हतियार हस्ताक्षरण गर्नुभएको छ ।

    क्षमता अभिवृद्धिका लागि सहयोग स्वरुप ती हतियार दिइएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताउनुभयो । सेनासँग भएका हतियार सशस्त्र प्रहरीलाई दिने विषयमा १५ असारमा मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो ।

    सशस्त्र प्रहरीले ती राइफल सीमामा खटिएका सुरक्षाकर्मीलाई दिनेछ । त्यसअघि हतियार मर्मतबारे नेपाली सेनाले १५ दिने तालिम पनि सशस्त्र प्रहरीलाई दिनेछ ।


    बुधवार, श्रावण १४ २०७७०३:३५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij