Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

काठमाण्डाै उपत्यकाकाे फोहर नउठ्दा वाग्मतीलगायत नदी प्रदूषित बन्ने खतरा

काठमाण्डाै उपत्यकाकाे फोहर नउठ्दा वाग्मतीलगायत नदी प्रदूषित बन्ने खतरा

  • आइतवार, भाद्र ६ २०७८

  • 576
    SHARES

  • काठमाण्डाै उपत्यकाकाे फोहर नउठ्दा वाग्मतीलगायत नदी प्रदूषित बन्ने खतरा

    काठमाडौं । उपत्यकाको फोहर नउठेपछि वाग्मतीलगायत नदी किनार प्रदूषित हुन थालेको छ ।

    उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवा जाने सडक बिग्रिएका कारण फोहर नउठेको हो । फोहर नउठेपछि नदी किनारका धेरै ठाउँमा फोहर थुप्रो लागेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिनुभयो ।

    वाग्मती नदीमा बहाव बढेका अवसरमा नदी संरक्षण संस्थाले प्रत्येक वर्ष आयोजना गरेको जलयात्राका क्रममा आज थापाथलीबाट सुन्दरीघाटसम्म पुग्दा नदी किनारका धेरै ठाउँमा फोहर थुपारेको भेटिएको उहाँले सुनाउनुभयो । उपत्यकावासीले फोहर फेरि नदी किनारमा लैजान थालेपछि ४३२ हप्तादेखि सफाइ गरिँदै आए पनि फेरि प्रदूषित बन्ने खतरा बढेको छ ।

    वाग्मती सफाइ महाअभियानको ४३२ औँ हप्तामा आज थापाथली क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी अभियानकर्मी, नदी संरक्षण संस्थाका पदाधिकारी एवं सदस्य गरि १५० भन्दा बढीको सक्रियता रहेको थियो ।

    २०७० साल जेठ ५ गतेदेखि प्रत्येक हप्ता बिहान दुई घण्टा स्वयंसेवीरूपमा वाग्मती सफाइ हुँदै आएको छ ।


    आइतवार, भाद्र ६ २०७८०६:५८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij