Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आजको मौसमः अधिकांश स्थानमा वर्षा हुने सम्भावना

आजको मौसमः अधिकांश स्थानमा वर्षा हुने सम्भावना

  • आइतवार, भाद्र ६ २०७८

  • 922
    SHARES

  • आजको मौसमः अधिकांश स्थानमा वर्षा हुने सम्भावना

    काठमाडौं । देशका अधिकांश स्थानमा आज (आइतबार) सामान्यदेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    प्रदेश १, गण्डकी र बागमती प्रदेशका एक वा दुई स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

    महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ। त्यस कारण मुलुकका अधिकांश स्थानमा हाल सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    ‘प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। पहाडी भू–भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने हुँदा सामान्य सतर्कता अपनाउनुहुन अनुरोध छ,’महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ।

    आज राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।


    आइतवार, भाद्र ६ २०७८०६:५३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij