Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना : नयाँ सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढी, ३० जनाको मृत्यु

कोरोना : नयाँ सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढी, ३० जनाको मृत्यु

  • शनिवार, भाद्र ५ २०७८

  • 1.0K
    SHARES

  • कोरोना : नयाँ सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढी, ३० जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी देखिएको छ । थप २ हजार ७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि हुँदा यही अवधिमा थप २ हजार ३८२ जना जना निको भएका हुन् ।

    देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७०३ जनाको पीसीआर परीक्षणमा १ हजार ४२४ र ५ हजार ३७२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ ।

    थप २ हजार ३८२ जना निको हुँदा नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ६ लाख ९५ हजार ९२५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ । यही अवधिमा थप ३० जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ४८५ जनाले सङ्क्रमणबाट ज्यान गुमाइसकेका छन् ।

    पछिल्लो २४ घण्टामा ६३ हजार ९६३ जनाले खोप लगाएका छन् । हालसम्म ४९ लाख ३५ हजार ५६ जनाले एक डोज खोप लगाएका छन् भने ३८ लाख ३५ हजार ६०८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।


    शनिवार, भाद्र ५ २०७८०५:११:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij