Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कलाकार सम्भु थापाको निधन

कलाकार सम्भु थापाको निधन

  • शनिवार, भाद्र ५ २०७८

  • 1.2K
    SHARES

  • कलाकार सम्भु थापाको निधन

     

    काठमाडौं । हास्य कलाकार शम्भुराज थापा ‘बखते’ को निधन भएको छ । कोरोना संक्रमणपछि ललितपुरको पाटन अस्पतालमा उपचाररत थापाको आज विहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सङ्क्रमण पुष्टि भएपछि १९ दिन अघि थापा अस्पताल भर्ना हुनुभएको थियो ।

    थापाले ‘हल्का रमाइलो’, ‘गोलमाल’ ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै टेलिसिरियल, विज्ञापन, चलचित्रमा समेत अभिनय गर्नुभएको छ । उहाँको परिवारमा सवै कोरोना संक्रमित छन् ।

    उहाँको श्रीमती, एक छोरा र एक छोरी छन् । थापाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।


    शनिवार, भाद्र ५ २०७८१०:१७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij