घोराही । दाङको बंगलाचुली गाउँपालिकामा पहिरोले घर पुर्दा आमा–छोरीको मृत्यु भएको छ ।
गाउँपालिकाको वडा नं. ५ साकिनेमा देवीराम नेपालीको घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया छोरी आयुस्माको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले जानकारी दिनुभयो ।
बुधबार बिहानपख तीन बजेतिर आएको पहिरोमा उनीहरु पुरिएका थिए ।