Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

३,०७५ संक्रमित थपिए, कुन जिल्लाको अवस्था कस्तो?

३,०७५ संक्रमित थपिए, कुन जिल्लाको अवस्था कस्तो?

  • बिहिवार, भाद्र ३ २०७८

  • 937
    SHARES

  • ३,०७५ संक्रमित थपिए, कुन जिल्लाको अवस्था कस्तो?

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै यो अवधिमा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने २ हजार १२६ जना निको भएका छन् ।

    बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ ।

    योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ भने ६ लाख९१ हजार २२९ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ५सयजना रहेका छन् ।

    जसमध्ये ३७ हजार ११४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३८३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    कोरोनाका बिरामीमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका ७३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ९४ जना कोरोना संक्रमित थपिएका छन् ।

    कुन जिल्लामा कति संक्रमित थपिए?

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ६३९, कास्कीमा २०२, झापामा १८७, ललितपुरमा १२७, मोरङमा ११९, चितवनमा १०२ र भक्तपुरमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै सुनसरी र बागलुङमा ९१/९१ जना, काभ्रेपलाञ्चोक रुपन्देहीमा ५३/५३ जना, मकवानपुर र सुर्खेतमा ४६र४६ जना, गोरखामा ४५, बाँकेमा ३४ जना कोरोाना संक्रमित थपिएका छन् ।

    नुवाकोटमा २९, दोलखामा २८, नवलपरासी पूर्वमा २६,स्याङजा र दाङमा २२र२२ जना, तनहुँमा १४ जना, कैलालीमा १२, पाँचथर र म्‍याग्दीमा ११/११ जना तथा धादिङ र गुल्मीमा १०/१० जना कोरोना संक्रमित थपिएको मन्त्रालययले जनाएको छ ।


    बिहिवार, भाद्र ३ २०७८०५:५७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij