काठमाडौं । कैलालीका भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका वस्तीहरुमा बाढी पस्दा एकसय घरपरिवार प्रभावित भएका छन् । गएराति आएको बाढी वस्तीमा पसेपछि करिब एक सय घर परिवार प्रभावित भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक विष्टका अनुसार डुबानमा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी छ । भजनी नगरपालिकाको –२ को मोहनपुर, वडा नं. ३ को ढुसी गाउँ, वडा नम्बर ५ को फुलियापुर गाउँमा बाढी पसेको छ ।
ढुसी गाउँको चेकड्याम भत्काएर बाढी वस्तीमा पसेको भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले जानकारी दिनुभयो ।