Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

अफगानिस्तानबाट उद्धार गरिएका थप ९० जना नेपाली स्वदेश आइपुगे

अफगानिस्तानबाट उद्धार गरिएका थप ९० जना नेपाली स्वदेश आइपुगे

  • बुधवार, भाद्र २ २०७८

  • 790
    SHARES

  • अफगानिस्तानबाट उद्धार गरिएका थप ९० जना नेपाली स्वदेश  आइपुगे

    काठमाडौं । अफगानिस्तानबाट उद्धार गरेर कतारमा राखिएका थप ९० जना नेपाली स्वदेश आइपुगेका छन् । कतार एयरवेजको विमानमार्फत उनीहरु आज विहान सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

    अफगानिस्तानबाट कुवेत पुगेका केहि नेपाली आउने भनिए पनि उनीहरुको पिसिआर परिक्षण हुन नसकेकाले कुवेतमै रोकिएको उहाँले बताउनुभयो ।

    गएराति थप ८७ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । हिजो बिहान जजिरा एयरलाइन्सको विमानले १ सय १८ जना नेपाली नागरिक र ९ जना भारतीयलाई ल्याएको थियो ।

    छिमेकी राष्ट्रहरुसँगको निरन्तर प्रयास र समन्वयका आधारमा नेपाली नागरिक काठमाडौँ आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    नेपाल आइपुगेकालाई आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा सामाखुशिस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ ।

    मन्त्रालयका अनुसार हिजो साँझसम्ममा कन्सुलर सेवा विभागको वेबसाइडमा २ सय ५६ नेपालीले आफ्नो विवरण दर्ता गरेका छन् ।

    अफगानिस्तानमा रहेका नेपालीलाई कन्सुलर सेवा विभागको वेबसाइटको अनलाइन पोर्टलमा रहेको नामसहितका विवरण दर्ता गर्न भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बर उपलब्ध गराइएको छ ।

    उद्धारको पखाईमा रहेका नेपालीलाई उद्धार नहुँदासम्म जो जहाँ रहेपनि तोकिएको सम्पर्क नम्बरमा सम्पर्कमा रहन तथा एक आपसमा त्यहाँ रहेका नेपालबीच उपलब्ध माध्यमबाट सूचना आदानप्रदान गर्न र सुरक्षित रहन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।


    बुधवार, भाद्र २ २०७८१०:१९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij