Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२,६२४ संक्रमित थपिए, २० जनाको मृत्यु

२,६२४ संक्रमित थपिए, २० जनाको मृत्यु

  • शनिवार, श्रावण ३० २०७८

  • 607
    SHARES

  • २,६२४ संक्रमित थपिए, २० जनाको मृत्यु

    काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६७ एन्टिजेन परीक्षणमा १,९४७ र ४,९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ भने १,३२० जना संक्रमणमुक्त भएका छन् ।

    हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ३० हजार ४७९ पुगेको छ । जसमध्ये ६ लाख ८० हजार ८१५ जना संक्रमणमुक्त भएका छन् भने १० हजार २५९ जनाको मृत्यु भएको छ ।

    देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ जना रहेको छ । जसमध्ये ३६ हजार २ जना होम आइसोलेसनमा र ३४०३ जना संस्थागत आइसोलेसनमा छन् ।

    संस्थागत आइसोलेसनमा रहेकामध्ये ७६० जना सघन उपचार कक्षमा र तीमध्ये १८६ जना भेन्टिलेटरको सहायताले उपचार गराइरहेका छन् ।

    पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७९५ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौँमा ५३५, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै कास्कीमा २१३, चितवनमा १४३, झापामा १०३, मोरङमा ९४, मकवानपुरमा ४७, कैलालीमा ४५, सुनसरीमा ४२, रुपन्देहीमा ४०, सुर्खेतमा ३७, दाङमा ३१, नवलपरासी पूर्वमा ३२ जना संक्रमित भेटिएका छन् ।


    शनिवार, श्रावण ३० २०७८०५:२६:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij