काठमाडौँ । नेपाल भौगर्भिक समाजको नयाँ कार्यकारिणी समिति चयन भएको छ । संघको निर्वाचनका केही प्रक्रिया यही श्रावण २७ देखि २९ गतेसम्म अनलाइन माध्यमबाट भएको थियो भने मतदान भौतीक उपस्थीतिमै भएको थियो ।
निर्वाचनबाट अध्यक्षमा सहप्राध्यापक डा. अनन्त प्रसाद गजुरेल निर्वाचित हुुनुभएको छ । अध्यक्ष पदका अर्का उम्मेदवार डा. सुधीर रजौरेलाई ९९ मत अन्तरले पराजित गर्दै गजुरेल निर्वाचित हुनुभएको हो । डा. गजुरेल त्रि–चन्द्र कलेज घण्टाघरमा भूगर्भशास्त्र विभागका प्रमुख समेत हुनुहुन्छ ।
यसैगरी उक्त निर्वाचनबाट उपाध्यक्षमा मोनिका झा, महासचिवमा लोकविजय अधिकारी र कोषाध्यक्षमा आशिष केसी विजयी हुनुभएको छ ।
समाजको उपमहासचिवमा सविना खत्री र सदस्यमा सौरभ खनाल, इन्द्र लम्साल र अर्जुन भण्डारी भने निर्विरोध निर्वाचित हुनुभएको छ ।