Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

मरासिनीलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट पुरस्कृत गरिने

मरासिनीलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट पुरस्कृत गरिने

  • शुक्रवार, श्रावण २९ २०७८

  • 591
    SHARES

  • मरासिनीलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट पुरस्कृत गरिने

    काठमाडौं । पत्रकार गोविन्द मरासिनी ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट पुरस्कृत हुने भएका छन् । नेपाल पत्रकार महासंघ, एशोसिएट प्रदेश समितिले उनलाई पुरस्कृत गर्न लागेको हो । कोरोना महामारी चलिरहेको समयमा महासंघ अन्तर्गत एसोसिएट प्रदेशमा आवद्ध भई विभिन्न संचारमाध्यममा संक्रिय पत्रकारमध्ये छुट्टाछुट्टै विधाका ६ जनालाई उक्त पुरस्कार दिन लागिएको अध्यक्ष वैकुण्ठराज पराजुलीले जानकारी दिए ।

    यसमध्ये मरासिनीले सामाजिक र राजनीतिक पत्रकारितातर्फ पुरस्कार पाउन लागेका छन् । लामो समयदेखि पत्रकारितामा क्रियाशिल मरासिनी हाल काठमाडौं प्रेस डटकम र नयाँपुस्ता डटकममा आबद्ध रहेका छन् । उनले सामाजिक र राजनीति बाहेक पर्यटन, युवा र मनोरञ्जनका क्षेत्रमा समेत स्वतन्त्र रुपमा कलम चलाउँदै आएका छन् ।

    उनीसँगै पुरस्कृत हुनेमा चलचित्र पत्रकारितातर्फ रिना मोक्तान (कान्तिपुर), आर्थिक पत्रकारितातर्फ मेनुका कार्की (हाम्रो अर्थ डटकम), खेलकुदतर्फ जीतबहादुर साउद (हाल ग्यालेक्सी टिभी), फोटो पत्रकारिता तर्फ चन्द्र बहादुर आले (अनलाइनखबर), कार्टुनतर्फ विरोचन मल्ल (इकागज डटकम) ठकुरी छन्। १० हजार राशीको उक्त पुरस्कार १ असोजमा आयोजना गरिने एशोसिएट प्रदेशको राष्ट्रिय सम्मेलनमा वितरण गरिने पराजुलीले जानकारी दिए ।


    शुक्रवार, श्रावण २९ २०७८११:१७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij