Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नाग पञ्चमी आज, घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदै

नाग पञ्चमी आज, घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदै

  • शुक्रवार, श्रावण २९ २०७८

  • 1.4K
    SHARES

  • नाग पञ्चमी आज, घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदै

    काठमाडौँ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदैछ । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

    नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

    आज काठमाडौको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा नागको पूजाआजा गरिन्छ । तर यसबर्ष पनि कोरोना संक्रमणको जोखिम भएकाले सकेसम्म सवै धार्मिक अनुष्ठान र पुजा पाठ घरमै गर्न सरकारले अनुरोध गरेको छ ।


    शुक्रवार, श्रावण २९ २०७८०७:५५:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij