काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ । आज बोर्डको बैठकले एसइईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसइईको नतिजा सार्वजनिक गरिएको हो ।
मुलुकभरका विद्यालयले विद्यार्थीको प्राप्तांक पठाएका थिए । ५ लाख १७ हजार विद्यार्थीले एसइई परीक्षा दिएका थिए ।
विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो । एसइईको नतिजा www.see.gov.np, www.neb.gov.np, www.see.ntc.net.np / results.ekantipur.com लगायतका साइटबाट हेर्न सकिन्छ ।