Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

एसइईको नतिजा आज सार्वजनिक हुँदै, कसरी हेर्ने ?

एसइईको नतिजा आज सार्वजनिक हुँदै, कसरी हेर्ने ?

  • शनिवार, श्रावण २३ २०७८

  • 1.4K
    SHARES

  • एसइईको नतिजा आज सार्वजनिक हुँदै, कसरी हेर्ने ?

    काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

    परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसइई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो ।

    बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालिमार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने जनाइएको छ ।

    साथै, नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।

    त्यसैगरी बोर्डले २०७७ को एसइईको नतिजा विभिन्न फर्म र संस्थानबाटसमेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले आफ्नो अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि, इडियु सञ्जाल, नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।

    परीक्षार्थीले www.see.gov.np,www.neb.gov.np,www.theconnectplus.com,www.see.edusanjal.comwww.see.ntc.net.np www.ekantipur.comwww.ricell.axiata.comबाट एसइईको नतिजा थाहा पाउन सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

     


    शनिवार, श्रावण २३ २०७८०१:५१:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij