Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो यसरी नियन्त्रणमा आयो !

बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो यसरी नियन्त्रणमा आयो !

  • शनिवार, श्रावण २३ २०७८

  • 1.6K
    SHARES

  • बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो यसरी नियन्त्रणमा आयो !

    काठमाडौं – बालाजु औद्योगिक क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा आएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको थियो ।

    आगो नियन्त्रणका लागि नेपाली सेनाको बालाजुस्थित श्री नं१ बाहिनी अड्डाका सहायक बाहिनीपतिको कमाण्डमा १२८ जना जनशक्ति परिचालन गरिएको थियो । साथै, २ वटा दमकल पनि आगलागी नियन्त्रणको लागि परिचालन गरिएको थियो ।

    नेपाली सेनाको दमकलसहित ८ वटा दमकल र सिम्रिक एयरको हेलिकप्टरसमेत प्रयोग गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत स्थानीयवासीहरुको संयुक्त प्रयासमा आगलागी पुर्ण रुपमा नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । 

    आगलागीबाट नेबिको बिस्कुट कारखानाको ४ वटा ब्लकमा क्षति पुगेको छ भने अन्य क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ ।

    गएरातिदेखि लागेको आगो नियन्त्रणमा नआएपछि सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरी निभाउने प्रयास भएको हो । आगो नियन्त्रणमा लिन स्थलगत रुपमा गरिएको प्रयास प्रभावकारी नभएपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालिएको थियो ।

     


    शनिवार, श्रावण २३ २०७८१२:५७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij