Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा देशभर लगाइँदै

आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा देशभर लगाइँदै

  • शुक्रवार, श्रावण २२ २०७८

  • 863
    SHARES

  • आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा देशभर लगाइँदै

    काठमाडौं । कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि देशभर लगाइने भएको छ।

    गत असार २९ देखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको विभागको भनाइ छ।

    दोस्रो मात्राको खोप अभियान साउन २४ गतेसम्म सञ्चालन हुनेछ। पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबैलाई दोस्रो मात्राको खोप दिइने छ।

    सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।


    शुक्रवार, श्रावण २२ २०७८०७:२८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij