Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

दैनिक संक्रमण १० दिनमा दोब्बर, तेस्रो लहरको संकेत

दैनिक संक्रमण १० दिनमा दोब्बर, तेस्रो लहरको संकेत

  • शुक्रवार, श्रावण २२ २०७८

  • 482
    SHARES

  • दैनिक संक्रमण १० दिनमा दोब्बर, तेस्रो लहरको संकेत

    काठमाडौं । नेपालमा पछिल्लो समय दैनिक कोरोना संक्रमण साउन १० गते २२ सयमा झरेको थियो। त्यसपछिको अवधिमा भने झन्डै दोब्बर बढेको छ। बिहीबार ३ हजार ९ सय ३८ जनामा संक्रमण देखिएको छ। यही अवधिमा बुधबार सबैभन्दा बढी ४ हजार १ सय ७ जनामा कोरोना पुष्टि भयो।

    स्वयं परीक्षण गर्न जाँदा पनि यत्रो संख्यामा दैनिक संक्रमण पुष्टि भइरहेको छ। यो अवस्थालाई विज्ञहरूले कोरोना संक्रमणको तेस्रो लहरको सुरुवाती संकेतका रूपमा लिइरहेका छन्।

    सक्रिय संक्रमितको संख्या फेरि ३४ हजार ४ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीमध्ये ३१ हजार १ सय ८ जना होम आइसोलेसनमा छन्।

    संस्थागत आइसोलेसनमा उपचाररत रहनेको संख्या ३ हजार ३ सय १४ छ। १ सय ५८ जना भेन्टिलेटरमा उपचाररत छन्। त्यस्तै ७ सय १३ जना सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत छन्।

    मन्त्रालयले आगामी पाँच महिनाभित्र १ लाख ९३ हजार ८ सय ५६ जना संक्रमित थपिने प्रक्षेपण गरेको छ। जसमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने देखिन्छ। ९ हजार ६ सय ९३ जनालाई सघन उपचार (आईसीयू) आवश्यक पर्न सक्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।


    शुक्रवार, श्रावण २२ २०७८०६:५७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij