Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पारसले भने, ‘राम्रो अवसर आए राजनीतिमा पनि लाग्नसक्छु’

पारसले भने, ‘राम्रो अवसर आए राजनीतिमा पनि लाग्नसक्छु’

  • बुधवार, श्रावण २० २०७८

  • 1.2K
    SHARES

  • पारसले भने, ‘राम्रो अवसर आए राजनीतिमा पनि लाग्नसक्छु’

    काठमाडौं –खेलाडीको रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट मंगलबार सन्यासको घोषणा गरेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)को व्यवस्थापनमा आउने इच्छा व्यक्त गर्नुभएको छ । आज पत्रकार सम्मेलन गर्दै उहाँले अब आफू क्यानमा रहेर क्रिकेट विकासमा लाग्ने बताउनुभएको छ ।

    ‘क्यानमा कुनै न कुनै भूमिकामा आउन सकिन्छ । पदाधिकारी हुँला, कोषाध्यक्ष, अध्यक्ष हुँला’, उहाँले भन्नुभयो, ‘तर, सरोकारवालाहरूले पनि उत्तिकै जिम्मेवारी लिनुपर्छ । व्यवस्थापनमा रहेर रणनीति राम्रो बनाउन सकियो भने नेपाली टिमलाई उत्कृष्ट बनाउन सकिन्छ ।’

    पूर्वकप्तान खड्काले राजनीतिले हरेक क्षेत्रलाई छोएको बताउँदै राम्रो अवसर आएको खण्डमा आफू राजनीतिमा पनि आउनसक्ने संकेतसमेत गर्नुभयो ।

    ‘राजनीति पनि राम्रो र नराम्रो हुन्छ, हामीले राम्रोलाई सहयोग गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘क्रिकेटमा टिले जित्नुपर्छ, टीम स्प्रिट कायम रहिरहनुपर्छ, खेलाडी जो आए पनि फरक पर्दैन ।’


    बुधवार, श्रावण २० २०७८०३:२४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij