Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

वीपी स्वास्थ्य प्रतिष्ठान संघर्ष समितिसँग सरकारले गर्‍यो ६ बुँदे सहमति

वीपी स्वास्थ्य प्रतिष्ठान संघर्ष समितिसँग सरकारले गर्‍यो ६ बुँदे सहमति

  • बुधवार, श्रावण २० २०७८

  • 1.0K
    SHARES

  • वीपी स्वास्थ्य प्रतिष्ठान संघर्ष समितिसँग सरकारले गर्‍यो ६ बुँदे सहमति

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । आज दुई पक्षबीच ६ बुँदे सहमति भएसँगै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संघर्ष समितले साउन १६ मा घोषणा गरेका संघर्षका कार्यक्रमहरु हाललाई स्थगित गरी प्रतिष्ठानबाट प्रदान गरिने सेवाहरु सुचारु हुने भएका छन् ।

    सहमति पत्रमा २०७८ साल श्रावण १९ मा सार्वजनिक भएको “वी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको समस्या पहिचान तथा छानवीन कार्यदल” को प्रतिवेदनको परिच्छेद ३ मा उल्लेख गरिएको समस्या समाधानको लागि सुझाव कार्ययोजनाको अनुसूची– १ बमोजिमको सुझाव कार्ययोजनाको समय–सीमाभित्र कार्यान्वयनमा लैजाने साथै यसअघि बनेका प्रतिवेदनहरु सार्वजनिक गरी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक महाशाखा आजै तोक्ने सहमति भएको उल्लेख गरिएको छ ।

    सहमति पत्रमा मन्त्रालयका तर्फबाट डा कृष्णप्रसाद पौडेल, मानबहादुर बस्नेत र देवराज भण्डारीले तथा संघर्ष समितिका तर्फबाट संयोजक डा एसपी रिमाल, सह संयोजक डा विष्णु पोखरेल लगायतका १४ जना सदस्यहरुले हस्ताक्षर गरेका छन् ।

    त्यस्तै वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११घ मा व्यवस्था भएअनुरुप चारैजना पदाधिकारीहरुलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रकृया आजैबाट शुरु गर्ने र अब उप्रान्त, प्रतिष्ठानमा पदाधिकारी नियुक्तिको लागि मापदण्डसहितको कार्यविधि तर्जुमा गर्ने दुई पक्षबीच सहमति भएको छ ।

    वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानसँग सम्बन्धित अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा विचाराधिन उजुरी तथा मुद्दाहरुको कारबाहीको प्रक्रियाका अवस्था बुझी शीघ्र कार्य फस्यौटको लागि मन्त्रालयमा तोकिएको महाशाखाले समन्वय एवम् सहजीकरण गर्ने लगायतका सहमति भएका छन् ।

    dharan1.jpg

    dharan_2.jpg

     


    बुधवार, श्रावण २० २०७८०१:२३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij