Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

मेलम्चीको ५१ अर्ब लगानी जोखिममा

मेलम्चीको ५१ अर्ब लगानी जोखिममा

  • मंगलवार, श्रावण १९ २०७८

  • 401
    SHARES

  • मेलम्चीको ५१ अर्ब लगानी जोखिममा

    काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा लगानी जोखिममा परेको हो। अम्बाथानस्थित आयोजनाको हेडवक्र्सभन्दा माथिल्लो भेग बाढीपहिरोका कारण चिराचिरा परेको छ।

    मेलम्ची जलाधार क्षेत्रको कमजोर संरचना भत्किने क्रम जारी छ। जलाधार क्षेत्रमा भएको क्षतिको यकिन विवरण आउन सकेको छैन। यद्यपि जलाधार क्षेत्र नै भत्किन पुग्दा मेलम्चीको पानीको मुहान नै सुक्ने हो कि भन्ने आशंकासमेत उब्जिएको छ। सरकारले एसियाली विकास बैंकसँगको साझेदारीमा मेलम्ची आयोजनाको पहिलो र दोस्रो खण्डमा करिब ५१ अर्ब रूपैयाँ खर्च गरिसकेको छ। त्यसमध्ये ३० अर्ब आयोजनाको हेडवक्र्स तथा सुरुङमार्ग निर्माणमा खर्च भएको हो। यसबाहेक मेलम्चीको पानी सुन्दरीजलमा आएपछि उपत्यकाबासीको घरदैलोमा पु¥याउने संरचनामा निर्माणमा २१ अर्ब खर्च भइसकेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले बताए।

    मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्त मेलम्ची नदीमा बारम्बार अकल्पनीय बाढीपहिरो आउने क्रम नरोकिएकाले आयोजनाको लगानी जोखिमा पर्ने हो कि भन्ने आंशका उब्जिएको बताउँछन्। ‘मेलम्ची खानेपानी आयोजनामा राज्यको ठूलो धनराशि र समय खर्च भएको छ,’ उनले भने, ‘मेलम्ची आयोजनामा बाढीपहिरोले पारेको प्रभावबारे विस्तुत अध्ययन नगरेसम्म क्षतिबारे अनुमान गर्न पनि कठिन छ।’ समितिको प्रवक्तासमेत रहेका पन्त आयोजनाको मुख्य हेडवक्र्ससहितको पूर्वाधारमा अहिलेसम्म ठूलो क्षति नभएको बताउँछन् ।

    आजको नागरिक दैनिकमा यो समाचार छ ।


    मंगलवार, श्रावण १९ २०७८०६:४६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij