Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

मेलम्चीमा फेरि बाढी, प्रहरी चौकीसहित केही घरमा क्षति

मेलम्चीमा फेरि बाढी, प्रहरी चौकीसहित केही घरमा क्षति

  • आइतवार, श्रावण १७ २०७८

  • 591
    SHARES

  • मेलम्चीमा फेरि बाढी,  प्रहरी चौकीसहित केही घरमा क्षति

    काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा शनिबार राति पुनः बाढी आएको छ। बाढीले हेलम्बु गाउँपालिका तथा मेलम्ची नगरपालिकाका केही घरमा क्षति पुर्याएको छ। त्यसैगरी, शनिबारको बाढीले ग्याल्थुमस्थित सरस्वती उच्च माविमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकीसमेत कटान गरेकाले प्रहरीहरु विस्थापित भएका छन्।

    यसपटक पनि लेदो माटोसहितको बाढी आएको स्थानीयले बताएका छन्। यसअघि असार १ गतेको बाढीले भौतिक तथा मानवीय क्षति पुगेको मेलम्चीमा पुनः आएको बाढीले जनतामा त्रास भने थप्ने काम गरेको छ। बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।

    शनिबारको बाढीले रेडियो मेलम्चीको भवनसमेत बगाएको छ भने यसअघिको बाढीलदे भत्काएको इन्द्रावती नदीको पुल समेत बगाएको छ। बहाव एक्कासी बढेपछि साइरन बजाएर तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको थियो। साइरन जडान गरिएकका कारण मानिसहरु भने राति नै माथिल्लो क्षेत्रतर्फ लागेका थिए।

    खोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सचेत गराएका छन् । गत असार १ जत्तिकै आवाजमा खोलामा बाढी आएको उनको भनाइ छ।

     


    आइतवार, श्रावण १७ २०७८०७:४०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij