Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

तुइन काट्ने एसएसबीमाथि कारवाहीको माग

तुइन काट्ने एसएसबीमाथि कारवाहीको माग

  • आइतवार, श्रावण १७ २०७८

  • 349
    SHARES

  • तुइन काट्ने एसएसबीमाथि कारवाहीको माग

    काठमाडौं । भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को अमानवीय कार्यका कारण व्यास गाउापालिका २ मालका ३० वर्गाीय जयसिंह धामी महाकाली नदीमाथिको तुइन तर्ने क्रममा बेपता भएको भन्दै उक्त घटनामा संलग्न एसएसबीमाथि काबिाहीको माग राख्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन दिएका छन् ।

    शुक्रबार बिहान ८ बजेतिर भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलंगा आउने क्रममा तुइन तर्दै गर्दा हतियारसहित एसएसबीको पोशाकमा आएका एसएसबीले तुइन काट्दा धामी बेपता भएको स्थानीय तथा उनीसँग खलंगा आउन लागेका प्रत्यक्षदर्शीको भनाइ छ ।

    तुइनबाट खसेर धामी बेपत्ता भएको खबरलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नदेन्द्रबहादुर चन्दले पनि पुष्टि गर्नुभएको छ । स्थानीय तथा प्रहरीले धामीको खोजी कार्य जारी राखेको छ ।

    निवेदनमा मानिसले बाँच्न पाउने अन्तराष्यिट्रय मानव अधिकार, न्यूनतम मानवीय मूल्यमान्यता र नेपाल भारत सीमा क्षेत्रमा चलिआएको व्यावहारिक सम्बन्ध तथा सामाजिक मूल्यमान्यतालाई चुनौती दिँदै तुइन तरिरहेको अवस्थामा तुइन काटेर जिउँदै नदीमा बगाएको हुँदा उक्त पाशविक घटनामा संलग्न एसएसबीलाई कारबाही गर्न माग गरिएको छ । साथै उक्त घटनाको सत्यतथ्य लुकाउन प्रत्यक्षदर्शीलाई नियन्त्रणमा राखिएको पनि निवेदनमा उल्लेख छ । नागरिक


    आइतवार, श्रावण १७ २०७८०६:४५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij