Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोनाको डेल्टा प्रजातिको नयाँ म्युटेन्ट भेटियो

नेपालमा कोरोनाको डेल्टा प्रजातिको नयाँ म्युटेन्ट भेटियो

  • बुधवार, श्रावण १३ २०७८

  • 622
    SHARES

  • नेपालमा कोरोनाको डेल्टा प्रजातिको नयाँ म्युटेन्ट भेटियो

    काठमाडौं। नेपालमा कोरोनाको डेल्टा प्रजातिको नयाँ उत्परिवर्तन पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको छ भने तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको जनाएको छ ।

    पुष्टि भएका तीनवटा नयाँ डेल्टा म्युटेन्टको नाम एवाइवान राखिएको छ । मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीले विज्ञप्ति जारी गर्दै जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भाग र उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको परीक्षण गर्दा म्युटेन्ट पुष्टि भएको जनाएका छन् ।

    ४७ कोरोना संक्रमितको नमुना भारतको नयाँ दिल्लीस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयमा जिनोमिक पहिचानका लागि पठाइएकामा सबैमा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले असार ३० गते ती नमूनाहरु भारत पठाएको थियो । जिनोमिक पहिचान गरिएकामा ३ वटामा थप उत्परिवर्तन भेटिएको जनाइएको छ ।

    मन्त्रालयका अनुसार नेपालमा हालसम्म भेरियन्ट अफ कन्सर्नका रुपमा अल्फा र डेल्टा भेरियन्ट भेटिएको र भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा भेरियन्ट भेटिएको हो ।

    यी भेरियन्टहरु बढी संक्रामक हुने र सबै उमेर समूहकालाई असर पार्न सक्ने मन्त्रालयले जनाएको छ।

     

     


    बुधवार, श्रावण १३ २०७८०६:४३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij