Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्मला हत्याका तीन वर्ष : दोषी अझै पत्ता लागेन

निर्मला हत्याका तीन वर्ष : दोषी अझै पत्ता लागेन

  • आइतवार, श्रावण १० २०७८

  • 1.0K
    SHARES

  • निर्मला हत्याका तीन वर्ष : दोषी अझै पत्ता लागेन

    काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार ती वर्ष पुग्दैछ । सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन ।

    राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रुपमा अनुसन्धान गरे पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाएर पक्राउ गर्न नसक्दा यो घटना रहस्यकै गर्भमा रहेको छ ।

    घटनाको निरन्तर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले अहिलेसम्म निर्मलाको हत्यारा पत्ता लाग्न नसकेको बताएका छन् ।

    ‘हामी अनुसन्धानकै क्रममा छौं,’ उनले भने, ‘अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन ।’ अकाट्य प्रमाण र घटनाबारे बताउन सक्ने प्रत्यक्षदर्शी नहुँदा अनुसन्धान निष्कर्षमा पुग्न नसकेको उनले बताए । आफूहरुले हत्यारा पत्ता लगाउन निरन्तर अनुसन्धान गरिरहेको र दोषी पत्ता लाग्ने उनको भनाइ छ । नागरिक दैनिकमा खबर छ । 


    आइतवार, श्रावण १० २०७८०६:४१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij