Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ट्रकको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

ट्रकको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

  • सोमवार, श्रावण १२ २०७७

  • 865
    SHARES

  • ट्रकको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

    कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको दर्बगोरियास्थित बौनियामा आज (सोमबार) बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु भएको हो । युवतीको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका छन् ।  स्थानीयवासीको अवरोधपछि गन्तव्यका लागि हिँडेका सवारीसाधन बौनिया बजारमै रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

    आज (सोमबार) बिहान बौनियामा ना ६ख ३३४० नम्बरको ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको मृत्यु भएको थियो । ट्रक र चालक नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सोमवार, श्रावण १२ २०७७०१:०५:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij