काठमाडौं – चितवनको भरतपुरमा शंकास्पद अवस्थामा एक युवकको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित बनगाई डेरी चोकबाट दक्षिणतर्फ शारदानगर जाने बाटो तर्फको बीचमा रहेको घोलमा अन्दाजी ३०–२२ वर्षका युवकको शव फेला परेको हो ।
सो ठाउँमा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान भने हालसम्म नभएको चितवन प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीका अनुसार मृतकको टाउकोमा गोली लागेको जस्तो देखिएको छ । साथै, घटनास्थलमा एक थान गोलीको खोकासमेत भेटिएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।