Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आज मुस्लिम धर्मावलम्बीले ‘बकर–इद’ हर्षोल्लासका साथ मनाउँने

आज मुस्लिम धर्मावलम्बीले ‘बकर–इद’ हर्षोल्लासका साथ मनाउँने

  • बुधवार, श्रावण ६ २०७८

  • 836
    SHARES

  • आज मुस्लिम धर्मावलम्बीले ‘बकर–इद’ हर्षोल्लासका साथ मनाउँने

    काठमाडौं । मुस्लिम धर्मावलम्बीले आज (बुधबार) बकर–इद हर्ष र उत्साहका साथ मनाउँदै छन्।

    मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रुपमा पनि मनाउने गर्छन्। इस्लाम महिनाको जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ।

    आज नेपाली मुस्लिम धर्मावलम्बीहरुले बकर–इदका अवसरमा नजिकैको मस्जिद इदगाहमा भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरेका छन्। यो इदगाहमा नवाज पढेर एकआपसमा शुभकामना आदान प्रदान गने चलन छ।

    बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी दिने गरिन्छ। बलिदानी दिइएको जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरिब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ।

    सरकारले बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुस्लिम समूदायको चाड बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।


    बुधवार, श्रावण ६ २०७८०६:४४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij