काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणको कारण ३२ जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्युदरमा वृद्धि भएर १.४३ प्रतिशत पुगेको छ ।
सोमबार २,४४५ जना कोभिड बिरामी थपिएका छन् । ११ हजार ६६४ नमुना ९७,८३३ पीसीआर र ३,८३१ एन्टीजेन परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।
सोमबारको संक्रमण दर २०.९६ प्रतिशत छ ।
पछिल्लो २४ घण्टामा थप १२५८ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमण प्रतिशत ३.८६ प्रतिशत छ ।
काठमाडौँ जिल्लामा ३३०, ललितपुरमा ५६ र भक्तपुरमा ८८ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा सोमबार ४७४ जना संक्रमित थपिएका छन् ।
अहिलेसम्मको कूल संक्रमित संख्या ६ लाख ६८ हजार ७५१, मृत्यु ९५८२ र निको हुने संख्या ६ लाख ३३ हजार पुगेको छ ।
सोमबारसम्म ३० लाख ६७ हजार ११८ जना पहिलो डोज र ११ लाख ३४ हजार ३१७ जना दोस्रो डोज खोप लगाएका छन् ।