Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप आजदेखि लगाइँदै

कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप आजदेखि लगाइँदै

प्रधानमन्त्री देउवाले खोप केन्द्रको निरीक्षण गर्ने
  • सोमवार, श्रावण ४ २०७८

  • 902
    SHARES

  • कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप आजदेखि लगाइँदै

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोरोना विरुद्धको खोप केन्द्रहरुको निरीक्षण गर्ने हुनुभएका छ । आजदेखि जोन्सन एण्ड जोन्सनको खोप अभियान सुरु हुँदैछ ।

    काठमाडौं उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायतका केन्द्रहरुको प्रधानमन्त्री देउवाले स्थलगत भ्रमण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यसअघि हिजो प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालय, मन्त्रालयका सचिव तथा स्वास्थ्य विभागलाई खोप खरीदको प्रक्रियालाई चुस्त पार्न सिंहदरबार बोलाएर निर्देशनसमेत दिनुभएको थियो ।

    नवनियुक्त प्रधानमन्त्री देउवाले आम नागरिकलाई खोप लगाउने भन्दै आफ्नो प्राथमिकता खोप नै भएको बताउँदै आउनुभएको छ । उहाँले हिजो साँझ विश्वासको मत माग्दासमेत आफ्नो प्राथमिकता ‘खोप’ नै भएको बताउनुभएको थियो ।


    सोमवार, श्रावण ४ २०७८०७:४८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij