Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पण्डित पोखरेलले बनाए दलित समूदायका व्यक्तिलाई गणेश मन्दिरको मूल पूजारी

पण्डित पोखरेलले बनाए दलित समूदायका व्यक्तिलाई गणेश मन्दिरको मूल पूजारी

  • आइतवार, श्रावण ३ २०७८

  • 1.3K
    SHARES

  • पण्डित पोखरेलले बनाए दलित समूदायका व्यक्तिलाई गणेश मन्दिरको मूल पूजारी

    काठमाडौं– जातीय विभेदमुक्त समाज निर्माणका लागि दलित समूदायबाट गणेश मन्दिरको मूल पुजारी घोषणा गरिएको छ ।

    ललितपुरको गोदावरी नगरपालिका–१ गोदामचौरमा निर्माण हुन लागेको गणेश मन्दिरका लागि स्थानीयवासी लक्ष्मण रम्तेललाई मूल पुजारी बनाउने घोषणा गरिएको हो ।

    सनातन गोरक्ष राष्ट्र नेपालले आज गोदामचौरमा आयोजना गरेको कार्यक्रममा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले रम्तेललाई कर्मकाण्ड सिकाएर मुख्य पूजारी बनाउने घोषणा गर्नुभयो ।

    सो अवसरमा पण्डित पोखरेलले शासकले आफूअनुकूल शासन गर्नका लागि व्यक्तिलाई विभाजन गरेको भन्दै मानव जातिलाई एउटै जात बनाउनका लागि दलितको छोरालाई पूजारी बनाइएको बताउनुभयो ।

    “पछिल्लो समय नेपालमा जात र धर्मबीच द्वन्द्व फैलाउन खोजिएको छ, यसप्रति सबै सजग हुनुपर्छ”, उहाँले भन्नुभयो ।

    पण्डित पोखरेलले छुवाछूत र विभेदमुक्त समाज निर्माणका लागि भागवत सप्ताहमार्फत अभियान सञ्चालन गरिरहेको अवस्थामा पण्डित नारायणप्रसाद पोखरेलको हत्या भएको स्मरण गर्नुभयो ।

    क्षेत्री समाज राष्ट्रिय महासङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले विभेदमुक्त समाज निर्माणका लागि सनातन गोरक्ष राष्ट्र नेपालले अगाडि सारेको अभियान सराहनीय रहेको बताउनुभयो ।

    विश्वकर्मा समाज नेपालका अध्यक्ष गोपालप्रसाद विश्वकर्माले समाजमा दलितमात्र नभई हरेक समुदायमा विभेद भएको भन्दै उक्त विभेदका विरुद्धमा युवाहरु अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

    सनातन गोरक्ष राष्ट्र नेपालका संयोजक अर्जुन रानाले दलित समूदाय सीप र कलाको धनी समुदाय भएकाले उनीहरुलाई राम्रो व्यवहार गरेर देशको विकासले गति लिने बताउनुभयो । विसं २०७५ मा स्थापना भएको सनातन गोरक्ष राष्ट्र नेपाल विभेदमुक्त समाज निर्माणका लागि देशभर अभियान सञ्चालन गर्दै आइरहेको अध्यक्ष रानाले जानकारी दिनुभयो ।

     


    आइतवार, श्रावण ३ २०७८१२:२९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij