Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

डा. केसीले अघि सारे विभिन्न तीन माग, पूरा नगरे अनशन बस्ने चेतावनी

डा. केसीले अघि सारे विभिन्न तीन माग, पूरा नगरे अनशन बस्ने चेतावनी

  • आइतवार, श्रावण ११ २०७७

  • 712
    SHARES

  • डा. केसीले अघि सारे विभिन्न तीन माग, पूरा नगरे अनशन बस्ने चेतावनी

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले यसअघि आफूसँग भएका सम्झौता कार्यान्वयन लगायत विभिन्न तीन वटा माग राख्दै पुरा नभए सत्याग्रह गर्ने चेतावनी दिनुभएको छ । आफ्नो माग पुरा गर्न डा. केसी तीन साताको अल्टिमेटम दिनुभएको छ ।

    उहाँले यसअघि आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबीबीएसको पढाइ सुरु गर्न र चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउन माग गर्दै सत्याग्रहको चेतावनी दिनुभएको हो ।

    जुम्लामा रहेका डा. केसीले जारी गरेको विज्ञप्तिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति प्रधानमन्त्री केपी शर्मा ओलीले नाजायज रुपमा रोकेको आरोप लगाउँदै तत्काल अनुमति प्रदान गर्न माग गरिएको छ ।

    त्यस्तै उहाँले कैलालीको गेटा मेडिकल कलेज र दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पु¥याएर पठन पाठन गराउन पनि माग गर्नुभएको छ ।

    प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर, इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन पनि केसीले माग गर्नुभएको छ ।

    यसैगरी चिकित्सा शिक्षा अध्ययन संस्थानमा सरकारले वरिष्ठता मिचेर डा. दिव्यासिंह शाहलाई डीन बनाएकामा पनि केसीले विरोध जनाउनुभएको छ ।

    डा. केसीले कोरोनाको विश्वब्यापी महामारीका बेला जनतालाई राहत पु¥याउनुको सट्टा भ्रष्टाचार गरेर आफ्नै मन्त्री र कार्यकर्तालाई धनी बनाउन सरकार लागेको आरोप समेत लगाउनुभएको छ ।

    हेर्नुस् डा. केसीद्वारा जारी विज्ञप्ति


    आइतवार, श्रावण ११ २०७७०४:३२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij