Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
इंग्ल्याण्ड भर्सेस इटाली :

इट्स कमिङ होम कि इट्स कमिङ रोम ?

इट्स कमिङ होम कि इट्स कमिङ रोम ?

  • आइतवार, आषाढ २७ २०७८

  • 1.1K
    SHARES

  • इट्स कमिङ होम कि इट्स कमिङ रोम ?

    काठमाडौं – युरोपियन च्याम्पियनसिप (युरोकप २०२०) फुटबलको उपाधिका लागि इंग्ल्याण्ड र इटाली भिड्दैछन् । आज राति १२ः४५ बजे हुने खेल इंग्ल्याण्डको लण्डनस्थित वेम्बली स्टेडियममा हुँदैछ ।

    itaeng2.jpg

    घरेलु टोली इंग्ल्याण्डले पहिलोपटक युरोकपको फाइनल खेल्न लागेको हो । यता, इटाली भने सुन् १९६८ को च्याम्पियन हो । यसअघि सन् २००० र २०१२ मा फाइनलमा पराजित भएको इटाली आज चौंथोपटक फाइनल खेल्दैछ ।

    इंग्ल्याण्ड सन् १९६६ पछि पहिलोपटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    ITAvsENGjpg.jfif

    इंग्ल्याण्ड र इटालीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएको छ । इटालीले ११ खेल जितेको छ भने ८ खेलमा इंग्ल्याण्ड विजयी भएको छ । यस्तै ८ खेल बराबरीमा टुंगिएको छ ।

    यसरी हेर्दा विगत इटालीको पक्षमा देखिएको छ । तर, वर्तमानमा भने इंग्ल्याण्डले इटालीलाई हराउँदै पहिलोपटक उपाधि जित्ने इंग्लिस समर्थकले आशा राखेका छन् । उनीहरुले अहिले ‘इट्स कमिङ होम’ अर्थात फुटबल आफ्नै घरमा फर्कँदैछ भन्ने नारा लगाइरहेका छन् ।

    51899-england%20reuters%20%282%29.webp

    आधुनिक फुटबलको विकास इंग्ल्याण्डबाट भएको मान्यता छ । यसर्थ, इंग्लिस समर्थक आफ्नो देशलाई फुटबलको घर मान्छन् ।

    पछिल्लो समयमा इंग्ल्याण्डले पनि उपाधिका दाबेदारी प्रस्तुत गरिसकेको छ । उसले परस्परागत शत्रु जर्मनीलाई हराएर अघि बढिसकेको छ । यसैले गर्दा पनि धेरै इंग्लिस समर्थकले योपटक युरोकप इंग्ल्याण्डले नै जित्ने अपेक्षा राखेका छन् । युरोकपको ट्रफी घरमै राखिने उनीहरुको आशा छ । इंल्याण्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटसँगै खेलाडीहरुले पनि यस्तै दाबी गरिहेका छन् ।

    अर्कोतिर, इटालीका फ्यान पनि इंल्याण्डका फ्यानलाई काउण्टर दिइरहेका छन् । उनीहरुले ‘इट्स कमिङ रोम’ भन्ने नारा लगाइरहेका छन् । इंग्लिस फ्यानले ‘इट्स कमिङ होम’ भन्ने नारा लगाएको बदलामा इटालियन समर्थकले यो नारा लगाएका हुन् । इटालीको राजधानी रोम हो । यसर्थ, युरोकपको ट्रफी रोममा आउँछ भन्ने उनीहरुको आशय छ ।

    4936.jpg

    सन् २०१८ को विश्वकपमा छनोट नभएपछि इटालीको फुटबलमा सुधार आएको छ । नयाँ प्रशिक्षक रोबर्टो मान्चिनीले युवालाई प्राथकिमतामा राखेका छन् । त्योसँगै रिजल्ट पनि राम्रो आइरहेको छ । इटालीले पछिल्ला ३३ खेल हारेको छैन । यसले गर्दा पनि इटालीयन समर्थकले पनि इंग्ल्याण्डलाई हराउँदै इटालीले उपाधि जित्ने आशा राखेका छन् ।

     


    आइतवार, आषाढ २७ २०७८०३:४९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij