Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा नहुँदा राष्ट्रियसभामा बजेट पेश गर्न वामदेवको प्रस्ताव

प्रतिनिधिसभा नहुँदा राष्ट्रियसभामा बजेट पेश गर्न वामदेवको प्रस्ताव

  • आइतवार, आषाढ २७ २०७८

  • 387
    SHARES

  • प्रतिनिधिसभा नहुँदा राष्ट्रियसभामा बजेट पेश गर्न वामदेवको प्रस्ताव

    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा नहुँदा राष्ट्रिय सभामै बजेट प्रस्तुत र पारित गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय सभामा बोल्दै उनले प्रतिनिधिसभा नभएको बेला राष्ट्रिय सभामा बजेट प्रस्तुत गर्ने र पारित गर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

    यसका लागि संविधान र नियमावली संशोधन गर्नुपर्ने उनको भनाइ छ । ‘राष्ट्रिय सभामा यदि यो हललाई आवश्यक पर्छ र मैले भनेको प्रस्ताव मञ्जुर गर्छ भने आर्थिक वर्ष २०७८/०८९ को बजेट वक्तव्य फेरि आएर अर्थमन्त्रीले यहाँ प्रस्तुत गर्नुस् । हामीले छलफल गर्न पाउँ र यहाँबाट पारित हुने व्यवस्था गरौं’ गौतमले भने ।

    राष्ट्रिय सभा संघीय संसदको अभिन्न अंग भएको उल्लेख गर्दै उनले प्रतिनिधिसभा नहुँदा राष्ट्रिय सभामा बजेट प्रस्तुत गर्ने र पारित गर्ने व्यवस्थाका लागि कानुनी र संवैधानिक व्यवस्था गर्नुपर्ने माग गरे ।

    ‘नियमावलीमा परिवर्तन गर्नपर्छ भने गरौं । यदि त्यसो हुँदैन भने माग गरौं । संविधानमा त्यो छैन भने यो आवश्यकता छ । बाहिर सडकमा बजेट प्रस्तुत हुन सक्ने, त्यसलाई यो राष्ट्रिय सभाले पनि मान्नुपर्ने’ उनले भने, ‘राष्ट्रिय सभा संघीय संसदको अभिन्न अंग हो । यसलाई त्यो अधिकार छ । बजेटमाथि छलफल गर्न सक्ने क्षमता छ । यस विषयमा विचार विमर्श गर्न सकिन्छ ।’


    नेपालमा दुई सदनात्मक व्यवस्था छ । प्रतिनिधिसभा नहुँदा राष्ट्रिय सभामा प्रस्तुत गर्ने र पारित गर्न सक्ने व्यवस्था छैन । यस्तो व्यवस्थाको परिकल्पना नै संविधानले गरेको छैन । तर, राष्ट्रिय सभामा बजेट प्रस्तुत गरेर पारित हुन नसक्ने भनी नेपालले १७ औं शताब्दीमा निर्माण भएको संसदको परम्परालाई निरन्तरता दिएर थेगिराखेको भन्दै एमाले उपाध्यक्ष गौतमले परिवर्तन गर्नुपर्ने बताए

     


    आइतवार, आषाढ २७ २०७८०२:३९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij