Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
शिवम् सिमेन्टको मनोमानी :

उद्योग परिसंघका अध्यक्षले नै सञ्चालन गरेको उद्योगले किन तिरेन २ अर्ब ३४ करोड विद्युत महशुल ?

उद्योग परिसंघका अध्यक्षले नै सञ्चालन गरेको उद्योगले किन तिरेन २ अर्ब ३४ करोड विद्युत महशुल ?

  • रमेश बन्जारा
  • आइतवार, आषाढ २७ २०७८

  • 1.6K
    SHARES

  • उद्योग परिसंघका अध्यक्षले नै सञ्चालन गरेको उद्योगले किन तिरेन २ अर्ब ३४ करोड विद्युत महशुल ?

    हेटौंडा – हेटौंडाको शिवम् सिमेन्ट्स लिमिटेडले बक्यौंता रहेको नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने विद्युत महशुल २ अर्ब ३४ करोड ५ बर्ष बितिसक्दा पनि तिर्न अटेर गरेको छ । यसले गर्दा अहिले शिवम् सिमेन्ट र त्यसका सञ्चालकको चौतर्फी विरोध भइरहेको छ ।

    हेटौंडा उपमहानगरपालिका –१६ मा कार्य सञ्चालन गरेको शिवम् सिमेन्टले नेपाल विद्युत प्राधिकरणलाई बुझाउनुपर्ने डेलिकेटेड लाइन प्रयोग गरेबापतको २ अर्ब ३४ करोड बुझाउन अटेर गरेपछि यो विषयमा सर्वत्र चासो हुनु स्वाभाविकै हो । यसका सञ्चालक को रहेछन् भने जिज्ञासा पनि उठ्न सक्छ ।

    shivam.jpg

    शिवम् सिमेन्टमा सञ्चालक अरु कोही नभएर नेपाल उद्योग परिसंघका केन्द्रिय अध्यक्ष सतिशकुमार मोर नै छन् । यसअघि पनि मोरले अवैध खानी सञ्चालनदेखि गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै उनको पटक–पटक विरोध हुने गरेको थियो । उनै मोरबाट सञ्चालित शिवम् सिमेन्टले अहिले विद्युत महशुल तिरेको छैन ।

    उद्योगले सार्वजनिक जग्गासमेत हडपी जनतालाई सास्ती दिनेदेखि राज्यलाई तिर्नुपर्ने विद्युत महशुलसमेत नतिरेपछि स्थानीयस्तरमा नै विरोधका स्वर चर्को स्वरमा उठ्न थालेका छन् । देखि नै बिरोध हुन थालेको छ । २०६४ बाट आफ्ना केन्द्रिय अध्यक्ष रहेका मोरले नै राज्यलाई तिर्नुपर्ने महशुल नतिरेपछि उद्योग परिसंघभित्रसमेत चर्चा हुन थालेको छ ।

    कुनैवेला मोरले शिवम् सिमेन्टको आइपिओ शेयर कित्ता निस्काशन गरी जनतालाई महङ्गो मूल्य भारसमेत पारेको उपभोक्ताहरुको गुनासो छ ।

    shivam c.jpg

    हाल शेयर वितरण गरेको चार वर्ष बितिसक्दासमेत नागरिकलाई यसका विषयमा उनले कुनै जानकारीसमेत नदिएको उनीहरु बताउँछन् ।

    ‘शिवम्ले विद्युत प्रयोग गरेबापतको महशुल त तिरेको रहेनछ शेयर कसरी तिर्छ ?, ’चार वर्षअघि शेयर लिएका एक सेयर धनी गुनासोसहित प्रतिप्रश्न गर्छन् ।

    यस विषयमा मोरसँग प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

    व्यवसायी मोरले राजनीतिक आडमा ‘बेइमानी’ गरिहेको स्थानीयहरु बताउँछन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षण रहेको

    स्थानीयहरुको दाबी छ । त्यसो त मोर प्रधानमन्त्री ओलीको विदेश भ्रमणमा पटक–पटक सरिक पनि हुने गरेका छन् ।


    आइतवार, आषाढ २७ २०७८०२:२४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij