Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

बाँकेमा पनि अनलाइन टीभी पत्रकार संघको शाखा गठन, अधिकारीको अध्यक्षतामा संस्थापक समिति चयन

बाँकेमा पनि अनलाइन टीभी पत्रकार संघको शाखा गठन, अधिकारीको अध्यक्षतामा संस्थापक समिति चयन

  • शुक्रवार, आषाढ २५ २०७८

  • 714
    SHARES

  • बाँकेमा पनि अनलाइन टीभी पत्रकार संघको शाखा गठन, अधिकारीको अध्यक्षतामा संस्थापक समिति चयन

    नेपालगन्ज । अनलाइन टीभी पत्रकार संघ नेपालको जिल्ला शाखा बाँकेमा पनि गठन गरिएको छ । नेपालगञ्ज आयोजित अनलाइन टीभी पत्रकारहरुको भेलाले सक्रिय युवा पत्रकार कृष्णराज अधिकारीको अध्यक्षतामा पहिलो कार्यसमिति गठन गरेको हो ।

    संघको बाँके जिल्ला उपाध्यक्षमा सूर्य बहादुर कार्की, सचिवमा केशराज खड़का, सह सचिवमा रामप्रकाश महतो, कोषाध्यक्षमा सुरेन्द्र कुमार आरसी रहेका छन् ।

    त्यसैगरी १३ सदस्यीक जिल्ला कार्यसमितिको सदस्यहरुमा धनराज बुढाथोकी, कुलेन्द्र विश्वकर्मा, पुष्पराज आचार्य, भूपेंद्र बस्नेत, प्रमोद डीजी, इन्द्रा चन्द, ओमराज डाँगी र रामप्रसाद आचार्य चयन भएका हुन ।
    कार्यसमितिको सल्लाहाकारमा भने नेपाल पत्रकार महासंघ बाँकेका २ जना पत्रकारलाई पछि मनोनयन गर्ने निर्णय पनि भेलाले गरेको छ ।

    अनलाइन टीभी पत्रकार संघ नेपालका संस्थापक केन्द्रीय सदस्य तथा भेलाका केन्द्रीय प्रतिनिधि अमृतमान वलीको उपस्थितिमा सम्पन्न कार्यक्रममा युवा व्यवसायी तथा समाजसेवी प्रचण्ड जिसी लगायत अनलाइन टीभीमा आवद्ध ३० जना बढी पत्रकारहरुको सहभागी रहेको थियो ।

    “अनलाइन टीभीमा भविष्य खोज्ने पत्रकारहरूका लागि अनलाइन टीभी पत्रकार संघ बाँके शाखा सहयोगी संस्था बन्नेछ”, अध्यक्षमा चयन भएपछि नवनिर्वाचित अधिकारीले भन्नुभयो ।

    उहाँले बाँकेमा छरिएर रहेका अनलाइन टीभी पत्रकारहरूलाई एकत्रित गरि आज छुटेका अन्य अनलाइन पत्रकारलाई समेत समेटेर अगाडि बढ्ने र अनलाइन टीभी पत्रकार संघ बाँकेलाई उदाहरणिय शाखा बनाउने अठोट पनि व्यक्त गर्नुभयो ।


    शुक्रवार, आषाढ २५ २०७८०९:२२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij