Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

बाढीपहिरोका कारण ५१ जनाको मृत्यु, २९ बेपत्ता

बाढीपहिरोका कारण ५१ जनाको मृत्यु, २९ बेपत्ता

  • शुक्रवार, आषाढ २५ २०७८

  • 797
    SHARES

  • बाढीपहिरोका कारण ५१ जनाको मृत्यु, २९ बेपत्ता

    काठमाडौं । मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुने २६ पुरुष, १५ महिला, १० बालबालिका छन् ।

    तीमध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा तीनरतीन, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा दुईरदुई र ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एकरएक जना रहेका छन् ।

    पछिल्लो २४ घण्टामा मात्रै सात जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरणअनुसार दार्चुलामा तीन, पाल्पामा दुई तथा तनहुँ र दाङमा एकरएक जनाको मृत्यु भएको हो ।

    बाढीपहिरो र डुबानमा परी मनसुन अवधिको जेठ ३० पछि आजसम्म ७१ जना घाइते भएका छन् । तीमध्ये ३६ पुरुष, १९ महिला, ११ जना बालक र पाँच जना बालिका छन् । यस्तै बाढीपहिरामा परी २९ बेपत्ता छन् । तीमध्ये १९ पुरुष, ६ महिला, तीन बालक र एक बालिका रहेका छन् ।

    बेपत्ता हुनेमा सिन्धुपाल्चोकका २०, चितवनका तीन, पर्वत र तनहुँका दुई/दुई तथा बाजुरा र बाग्लुङमा एक/एक जना छन् ।

    बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो।

    बाढीपहिरामा परेका १ हजार २६८ जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ । बाढीको कारण १ हजार ५१६ घर डुबानमा परेका र ५६४ घर, ९९ गोठ, ४२ पुल, ३ विद्यालय र १३ सरकारी कार्यालयमा क्षति पुगेको छ । १ हजार १५८ घरका ५ हजार ४२३ व्यक्ति विस्थापित भएका छन् ।


    शुक्रवार, आषाढ २५ २०७८०६:५१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij