Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

दार्चुलामा पहिरो : तीन जनाको मृत्यु, जलविद्युत आयोजना बगायो

दार्चुलामा पहिरो : तीन जनाको मृत्यु, जलविद्युत आयोजना बगायो

  • बिहिवार, आषाढ २४ २०७८

  • 1.2K
    SHARES

  • दार्चुलामा पहिरो : तीन जनाको मृत्यु, जलविद्युत आयोजना बगायो

    काठमाडौं – दार्चुलामा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । नौगाढ गाउँपालिका–३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा दुईजना र पहिरोमा परेर थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    पहिरोले घर पुरिँदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहर भट्टले जानकारी दिनुभएको छ ।

    यस्तै घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको छ । उनीहरु तीनै जनाको शव पहिरोबाट निकालिएको छ । पहिरोमा परेर नौगाढ गाउँपालिका–३ कै १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएका छन् ।

    यसैबीच, नौगाढ गाउँपालिका–३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बाढीले बगाएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको एसपी भट्टले जानकारी दिनुभयो ।

    बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीन–तीनवटा निर्माणाधीन आरसिसी पुल, घट्ट र पानीको मुहान पनि खोलाले बगाएको छ ।

    जिल्ला सदरमुकामबाट झण्डै ८ घण्टाको पैदल दूरीमा रहेको उक्त ठाउँमा पहिरोमा फसेका मानिसको उद्दारका लागि प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको एसपी भट्टले बताउनुभयो ।

     


    बिहिवार, आषाढ २४ २०७८०२:११:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij