Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा आजदेखि सवारीसाधनमा जोर-बिजोर हटाइयो

काठमाडौंमा आजदेखि सवारीसाधनमा जोर-बिजोर हटाइयो

  • मंगलवार, आषाढ २२ २०७८

  • 687
    SHARES

  • काठमाडौंमा आजदेखि सवारीसाधनमा जोर-बिजोर हटाइयो

    काठमाडौं । काठमाडौं उपत्यकामा आज (मंगलबार) देखि थप निषेधाज्ञा अझ खुकुलो बनाइएको छ।

    स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै किसिमका परीक्षा सञ्चालन गर्न खुला गरिएको छ भने सवारीसाधानमा पनि जोर-बिजोर प्रणाली हटाइएको छ।

    यसअघि निजी तथा सार्वजनिक सवारीसाधन जोर गतेका दिन जोर नम्बरवाला र बिजोर गतेका दिन बिजोर नम्बरवाला मात्र चलाउन पाइन्थ्यो।

    गत आइतबार बसेको उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले थप खुकुलो बनाएर आजदेखि एक हप्ता अर्थात् असार ३१ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

    तीनै जिल्लाले एकै खालका निषेज्ञ आदेश जारी गर्ने गरेका छन्।

     

     
     
    facebook sharing button


    मंगलवार, आषाढ २२ २०७८०६:५०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij