Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

सडक खन्दा गाउँ भासिएपछि १३७ परिवार १६ दिनदेखि जंगलमा अलपत्र

सडक खन्दा गाउँ भासिएपछि १३७ परिवार १६ दिनदेखि जंगलमा अलपत्र

  • सोमवार, आषाढ २१ २०७८

  • 1.8K
    SHARES

  • सडक खन्दा गाउँ भासिएपछि १३७ परिवार १६ दिनदेखि जंगलमा अलपत्र

    बझाङ । गाउँमुनिबाट खनेको सडकले बस्ती भासिएपछि बाजुराको दुर्गम हिमाली गाउँपालिकाका दुई गाउँका १ सय ३७ परिवार विस्थापित भएका छन् । १६ दिनदेखि जंगलमा बसिरहेका उनीहरू कन्दमूलले छाक टार्दै ओडार र रूखको ओत लागेर रात काटिरहेका छन् ।हिमाली–४ को फैती गाउँका ४० र वडा ५ को क्युडीका ९७ परिवार बिचल्ली परेका हुन् ।

    सडक खनेपछि पहिरोले भासिएको बाजुराको हिमाली गाउँपालिका–५ को क्युडी गाउँ । तस्बिर सौजन्य ः बिर्ख पाण्डे
    उनीहरूले गाउँभन्दा एक घण्टा परको जोरगाउँ जंगलमा आश्रय लिएका छन् । ‘कोही भैंसीको खर्कमा ओत लागेका छन् । पाल हुनेहरू पाल हालेर बसेका छन् । नहुनेहरू कोही ओडारमा, कोही स्याउलाको ओत बनाएर बसेका छन् । हामी जंगलमा छौं,’ वडा सदस्यसमेत रहेका पीडित वीरबहादुर बुढाले भने, ‘चिसो भुइँमा सुत्नुपरेकाले धेरै जना बिरामी हुन थालेका छन् ।’ बस्ती रहेको ठाउँको तल सडक र माथि दुवैतिरबाट निरन्तर पहिरो खस्न थालेपछि घर छाडेका सबैलाई खाद्यान्न र खानेपानीको पनि समस्या भएको उनले बताए ।

    ओतको अभावमा रातभर आगो बालेर बस्ने गरेको, भोक मेटाउन जंगली सागपात, सिस्नु र कन्दमूल खाएर बस्नुपरेको स्थानीय ज्ञानी बुढाले बताए । ‘भोकै बस्न नसकेर सिन्नु कन्जडा (सिस्नु आदि कन्दमूल) खाएर बसिरहेका छौं । हामी ठूलो विपत्तिमा परेका छौं,’ उनले भने । खोलाको धमिलो पानीले प्यास मेटाउनुपरेको छ । पहिरोका कारण जंगलमा बस्नुपर्दा महिला र बालबालिकालाई बढी समस्या भएको विस्थापित परिवारकी मनसरी बुढाले बताइन् । ‘खाने गाँस छैन । बालबच्चा भोकभोकै छन् । खुला ठाउँमा बस्नुपर्दा सबैभन्दा बढी हामी महिलालाई समस्या भएको छ,’ उनले भनिन् । ३ सय ५० महिला र बालबालिकासहित ६ सय जना विस्थापित भएका हुन् ।

    आजको कान्तिपुर दैनिकमा समाचार छ । 


    सोमवार, आषाढ २१ २०७८०७:०३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij