Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

युरोकप र कोपा अमेरिकाको सेमिफाइनल समीकरण पूरा (खेल तालिकासहित)

युरोकप र कोपा अमेरिकाको सेमिफाइनल समीकरण पूरा (खेल तालिकासहित)

  • आइतवार, आषाढ २० २०७८

  • 1.2K
    SHARES

  • युरोकप र कोपा अमेरिकाको सेमिफाइनल समीकरण पूरा (खेल तालिकासहित)

    काठमाडौं– युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति युक्रेन र इंग्ल्याण्डबीचको खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।

    युक्रेनलाई ४–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड युरोकपको सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेको छ । त्यसअघि अघिल्लो क्वार्टरफाइनलको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २—१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

    यसपटक इंग्ल्याण्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन् । सेमिफाइनल खेल बुधबार र बिहीबार इंग्ल्यान्डको लण्डनस्थित वेम्बली स्टेडियममा हुनेछन् ।

    पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा डेनमार्क र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
    फाइनल भने जुन ११ तारिखमा हुनेछ ।

    यस्तो छ खेल तालिका :

    बुधबार राति १२ः४५ बजे – इटालीविरुद्ध स्पेन

    बिहीबार राति १२ः४५ बजे – डेनमार्कविरुद्ध इंग्ल्याण्ड ।

    Semifinal_Eurocup-696x432.jpg

    कोपा अमेरिकामा अन्तिम चार टोलीको पनि टुंगो लाग्यो

    ब्राजिलमा जारी कोपा अमेरिका २०२१ अन्तर्गत क्वार्टरफाइनल चरणका सम्पूर्ण खेल सकिएका छन् ।

    कुल १० राष्ट्र सम्मिलित यस संस्करणको कोपा अमेरिकामा अब मात्र चार राष्ट्र बाँकी रहेका छन् ।

    पहिलो सेमिफाइनल खेलमा साविक विजेता ब्राजिलले गत संस्करणको उप–विजेता पेरूसँग प्रतिस्पर्धा गर्नेछ ।

    त्यस्तै अर्को खेलमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना कोलम्बियासँग आमने सामने हुने तालिका रहेको छ ।

    सेमिफाइनल तालिका यस्तो छ :

    brazil_vs_peru_copa_america_2021.jpg_242310155.jpg

    जुलाई ६, २०२१

    १) ब्राजिलविरुद्ध पेरू
    नेपाली समयः बिहान ४ः४५
    स्थान : निल्टन सान्टोस स्टेडियम, रियो डे जिनेरो, ब्राजिल

     

    जुलाई ७, २०२१

    २) अर्जेन्टिनाविरुद्ध कोलम्बिया
    नेपाली समय : बिहान ६ः४५
    स्थान : नेशनल स्टेडियम, ब्राजिलिया, ब्राजिल ।

    table.jpg


    आइतवार, आषाढ २० २०७८०१:२९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij