कैलाली । अनलाइन टिभि पत्रकार संघ कैलालीको संस्थापक अध्यक्षमा अंकित उप्रेती चयन हुनु भएको छ ।
कैलालीको चिसापानीमा आयोजित अनलाइन टीभी पत्रकारहरुको भेलाले अंकित उप्रेतीको अध्यक्षताका ३ जना पछि थप गर्ने गरी १३ सदस्यीय संस्थापक कार्यसमिति गठन गरेको हो ।
संघको संस्थापक जिल्ला उपाध्यक्षमा हिक्मत कुमार शाही, सचिवमा दिपक रावल, सहसचिवमा भरतराज जोशी, कोषाध्यक्षमा पवित्रा सन्ज्याल चयन हुनुभएको भने कार्यसमिति सदस्यहरुमा गोबिन्द सोडारी, दिपेन्द्र बहादुर शाही, खकेन्द्र थापा मगर, लक्ष्मण जोशी र मदनराज उपाध्याय रहनु भएको छ ।
अनलाइन टीभी पत्रकार संघका संस्थापक केन्द्रिय सदस्य तथा भेलाका लागि केन्द्रीय प्रतिनिधि अमृतमान ओलीको अध्यक्षतामा भएको भेलाले अनलाइन टीभीको क्षेत्रमा देखिएको विकृति विसंगती न्युनिकरण गर्न अभियान चलाउने निर्णय पनि गरेको छ ।
भेलालाई सम्बोधन गर्दै संघका केन्द्रिय सदस्य अमृतमान ओलीले संघका नयाँ सदस्यहरुलाई अनलाइन टीभी स्वनियम निर्देशिका अनुसार पेशागत धर्म निर्वाह गर्न आग्रह गर्नुभएको थियो ।
उहाँले अनलाइन टीभीहरु पत्रकारितको नयाँ माध्यम भएकाले निस्पक्ष भएर जनताको आवाज मुखरित गर्न सुझाव दिनुभएको थियो ।
साथै संघका गतिविधिहरुलाई पनि पत्रकारिताको सुद्धिकरण र सुदृढीकरणमा केन्द्रीत गर्न गर्न उहाँले नयाँ सदस्यहरुलाई आग्रह गर्नुभएको थियो ।