Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
युरोकप :

स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन सेमिफाइनलमा (४ तस्बिरसहित)

स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन सेमिफाइनलमा (४ तस्बिरसहित)

  • शनिवार, आषाढ १९ २०७८

  • 984
    SHARES

  • स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन सेमिफाइनलमा (४ तस्बिरसहित)

    एजेन्सी - तीन पटकको च्याम्पियन स्पेन १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति रसियामा भएको पहिलो क्वार्टरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो ।

    E5Tet-eXwAQXJ0T.jpg

    खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अन्ततः पेनाल्टी सुटआउटमा स्पेनले बाजी मारेको हो । ।

    पेनाल्टीमा स्पेनका डानी ओल्मो, जेरार्ड मोरेनो र मिकेल ओयार्जबलले गोल गरे । पहिलो पेनाल्टी हानेका स्पेनका कप्तान सर्जियो बुस्केट्सको प्रहार पोस्टमा लागेर फर्किएको थियो । त्यस्तै, रोड्रीको प्रहार स्विस गोलकिपर यान सोमेरले बचाए ।

    स्विट्जरल्याण्डका मारियो गाभ्रानोभिचले मात्र गोल गरे । फाबियन स्चर, म्यानुएल अकान्जीको प्रहार स्पेनिस गोलकिपर युनाई सिमोनले बचाए भने रुबेन भेर्गासको प्रहार बाहिरिएको थियो । सिमोन खेलको म्यान अफ दि म्याच बने ।

    206188507_10159690163682272_4398339859478718305_n.jpg

    पेनाल्टीमा जानुअघि खेलको आठौं मिनेटमा स्पेनले आत्मघाती गोल उपहारबाट अग्रता बनाएको थियो । जोर्डी अल्बाले गरेको प्रहार डिफ्लेक्ट भएर स्विट्जरल्याण्डका डेनिस जाकारियाको खुट्टाबाट आत्मघाती गोल हुन पुगेको थियो ।

    तर, खेलको ६८ औं मिनेटमा कार्यबाहक कप्तान जद्रान शाकिरीले गोल गर्दै स्विट्जरल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए ।

    E5TuXQXXMAYPrnF.jpg

    खेलको ७७ औं मिनेटमा स्विट्जरल्याण्ड १० खेलाडीमा समेटियो । उसका फ्रिउलर रातो कार्ड पाउदै मैदानबाट बाहिरिएका थिए । स्पेनका जेरार्ड मोरेनोलाई खराब ट्याकल गरेपछि उनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।

    यसअघि सोमबार राति भएको प्रि–क्वार्टरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम आठमा स्थान बनाएको थियो ।

     

     

     


    शनिवार, आषाढ १९ २०७८०६:१२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij