Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

आजको मौसमः चट्याङसहित अति भारी बर्षाको सम्भावना

आजको मौसमः चट्याङसहित अति भारी बर्षाको सम्भावना

  • शुक्रवार, आषाढ १८ २०७८

  • 607
    SHARES

  • आजको मौसमः चट्याङसहित अति भारी बर्षाको सम्भावना

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको सक्रिय रहने भएकाले देशका धेरै भूभागमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ ।

    महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।

    यसैगरी, शुक्रबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै, प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा तथा एक दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

    महाशाखाले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने र प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

    यस्तै, प्रदेश १,प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी भारी वर्षा र एक दुइ स्थानमा अति भारी बर्षाको सम्भावना रहेको छ ।


    शुक्रवार, आषाढ १८ २०७८०९:३४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij