काठमाडौं– कार दुर्घटनामा परी निधन हुनुभएका नेपाली कांगेसका नेता डा. चन्द्र भण्डारीका भाइ डा. शंकर भण्डारीको आज अन्त्योष्टि भरिएको छ । उहाँको आज काठमाडौं पशुपतिनाथस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

डा. भण्डारीको पार्थिव शरीरलाई कांग्रेसको झण्डा ओढाएर वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायतले अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो ।
डा. भण्डारीलाई अन्तिम श्रद्धाञ्जलि दिन कांग्रेस नेताहरु अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, गगन थापालगायतको उपस्थिति रहेको थियो ।
त्रिभुवन विश्वविद्यालयको खेलकुद निर्देशनालयका निर्देशक तथा सहप्राध्यापकसमेत रहनुभएका डा. भण्डारीको आफैंले चलाएको कार दुर्घटनामा परी मंगलबार साँझ निधन भएको हो ।
गत बर्ष बुवाको निधन भएकाले बार्षिक पुण्य तिथिको कामका लागि बुटवल गएर काठमाडौं फर्कँदै गर्दा मंगलबार नवलपरासीको चरङ्गेमा दुर्घटना भइ उहाँको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
५० बर्षीय भण्डारीका श्रीमती, दुई छोरी र एक छोरा छन् ।