Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कम्पनीको अधिकृत पुँजी ५० अर्ब पुर्‍याउने नेपाल एयरलाइन्सको निर्णय

कम्पनीको अधिकृत पुँजी ५० अर्ब पुर्‍याउने नेपाल एयरलाइन्सको निर्णय

  • शनिवार, श्रावण १० २०७७

  • 866
    SHARES

  • कम्पनीको अधिकृत पुँजी ५० अर्ब पुर्‍याउने नेपाल एयरलाइन्सको निर्णय

    काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कम्पनीको अधिकृत पुँजी ५० अर्ब रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ । निगम सञ्चालक समितिले अधिकृत पुँजी बढाएर ५० अर्ब पुर्‍याउने निर्णय गरी तालुक मन्त्रालयमा सिफारिस गरेको हो ।

    अब यो सिफारिसलाई मन्त्रालयले रायका लागि अर्थ मन्त्रालय र कानुन मन्त्रालय लैजानेछ । त्यसपछि मन्त्रिपरिषद् जानेछ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि यसलाई राजपत्रमा प्रकाशित गर्ने प्रावधान रहेको छ । त्यससछि निगमको अधिकृत पुँजी ५० अर्ब पुग्नेछ । अहिले नेपाल एयरलाइन्सको अधिकृत पुँजी मात्र ३२ करोड रुपैयाँ रहेको छ ।

    स्थापनाको समययता निगमको संस्थागत संरचनामा समयानुकुल परिवर्तन नगर्दा कम्पनीको दायित्व निकै धेरै भइसक्दा समेत अधिकृत पँुजी थोरै रहेको छ । जसले गर्दा निगमले आफ्नो योजना अनुसार रणनीतिक साझेदार भित्राउन सकेको छैन भने सरकारबाट पनि कम्पनीमा लगानी हुन सकेको छैन ।

    सरकारले निगममा थप लगानी गर्ने बाटो पनि खुल्ने र दीर्घकालिन रुपमा संस्थागत संरचनामा समेत सहयोग पुग्ने गरी अधिकृत पुँजी बढाउने निर्णय भएको नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभयो ।


    शनिवार, श्रावण १० २०७७०५:१७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij